नेप्सेमा सामान्य अंकको बृद्धि

काठमाडौं, ९ फागुन । यो साताको पहिलो कारोबरा दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले बढेको छ । परिसुचक ३.६६ अंकले बढे २६४०.३४ विन्दुमा रोकिएको छ ।

आइतबार २ सय ६ वटा कम्पनीको २ करोड ४० लाख ३४ हजार कित्ता शेयर ९१ हजार ३ सय ७८ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ६९ करोड ७६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकिङ, वित्त, निर्जीवन, लघुवित्त र जीवन बीमा समुहको उपसुचक घटेको छ भने अरु समुहको उपसुचक बढेको छ।

यस्तै कारोबार रकमका आधारमा आइतबार नेपाल बैंक पहिलो स्थानमा छ भने नेपाल इन्फ्रास्टक्चर बैंक दोस्रो नम्बरमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *