Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

कोरोना बीमामा फर्जी दाबीको आशंका, सात दिनभित्र विवरण बुझाउन मन्त्रालयको निर्देशन

कोरोना बीमामा फर्जी दाबीको आशंका, सात दिनभित्र विवरण बुझाउन मन्त्रालयको निर्देशन

काठमाडौं, ११ फागुन । कोरोना बीमामा फर्जी दाबीको आशंकापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र संक्रमितको विवरण बुझाउन निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण पुष्टि नै नभई कोरोना बीमा दाबी गरेको पाइएको भन्दै मन्त्रालयले सम्बन्धित सम्बन्धित संक्रमितको आजभन्दा अगाडिको मितिमा परीक्षण गरिएको विवरण सात दिनभित्र पठाउन निर्देशन दिएको हो ।

कोरोना बीमा दाबीका लागि आवेदक कतिपयको संक्रमण भएको विवरण नभेटिएको र परीक्षणको मिति नमिलेकाले प्रयोगशालालाई यस्तो निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

मन्त्रालयले कोभिड–१९ मितको विवरण रुजु गर्दा मित नभई पनि बीमा दाबी गरेको पाइएको उनको भनाइ छ । मन्त्रालयले १८ हजार विवरणमध्ये अहिलेसम्म १५ हजारभन्दा बढीको प्रमाणीकरण गरिसकेको छ । कतिपयले संक्रमित नभए पनि संक्रमित भनेर बीमाका लागि दाबी गरेको तथ्यांक भने एकिन नभइसकेको उनले बताए ।

प्रयोगशालाले ‘कोभिड–१९ राष्ट्रिय परीक्षण मापदण्ड’ भित्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी)मा संक्रमितको विवरण नपठाएको उनको भनाइ छ । मन्त्रालयले सात दिनभित्र संक्रमितको विवरण सही नपठाए कोरोना बीमा नपाउने र प्रयोगशाला जिम्मेवार रहने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x