Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल फाइनान्स लिमिटेडको चौथो शाखा रुपन्देहीको मुर्गियामा

नेपाल फाइनान्स लिमिटेडको चौथो शाखा रुपन्देहीको मुर्गियामा

काठमाडौं, ११ फागुन । नेपाल फाइनान्स लिमिटेडको चौथो शाखा रुपन्देहीको मुर्गियामा स्थापना भएको छ । काठमाडौंमा केन्द्रीय कार्यालय कम्पनीको नयाँ शाखारुपन्देही जिल्लाको सैनामैना नपाको मुर्गिया बजारमा सञ्चालनमा आएको हो ।

संस्थाका संचालक दिप्रश शाक्यले शाखाकोे शुभारम्भ गरेका थिए । कार्यक्रममा संस्थाका संचालक राजन प्रजापती, प्रमुख कार्यकारी अधिकृत उध्दबराज थपलिया, सहायक प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद गौतमलगायतको उपस्थिति थियो ।

निजीक्षेत्रको लगानीको नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा विस २०४९ सालमा स्थापना भएको वित्तीय संस्थाको हाल काठमाडौंको कमलादीमा केन्द्र्रीय कार्यालयसहित ललितपुरको पुल्चोक र काभ्रेपलाञ्चोको बनेपामा शाखा कार्यालय संचालनमा छन् ।

कम्पनीले ललितपुर फाइनान्सलाई प्राप्तिका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ । ललितपुर फाइनान्सलाई प्राप्ति गरिसकेपछि संस्थाको चुक्ता पूँजी करिब ५५ करोड पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x