Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आरम्भ चौतारी लघुवित्तको ८.५ प्रतिशत लाभांश प्रस्ताव

आरम्भ चौतारी लघुवित्तको ८.५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं, १२ फागुन । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट ८.८५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन १२ गते बसेको बैठकले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

लघुवित्तले २०७७ असार मसान्तसम्म कायम चुक्ता पूँजी २६ करोड ३४ लाख रुपैयाँको ८.८५ प्रतिशत बराबरको बोनश शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति पश्चात आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्तापूँजी २८ करोड ६७ लाख ६३ हजार रूपैयाँ पुग्नेछ ।

लघुवित्तले गत वर्ष ३ करोड २२ लाख ६४ हजार रुपैयाँ नाफा कमाएको थियो । आरम्भ लघुवित्त वित्तीय संस्था र चौतारी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिएर बनेको आरम्भ चौतारी लघुवित्तीय संस्थाले गत असार २२ गतेबाट एकिकृत कारोबार थालेका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x