Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

६३ प्रतिशतले बढ्यो चिया निकासी, ७ महिनामा करिब ३ अर्बको निर्यात

६३ प्रतिशतले बढ्यो चिया निकासी, ७ महिनामा करिब ३ अर्बको निर्यात

काठमाडौं, ११ फागुन । मुलुकबाट निकासीको सातौं स्थानमा रहेको चियाको निर्यात उत्साहजनक रूपमा बढेको पाइएको छ । भन्सार विभाग र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार एक वर्ष अवधिमा चिया निकासीमा ६३ प्रतिशतको वृद्धि देखिएको छ ।

चालू आवको ७ महिनामा नेपालबाट करिब ३ अर्ब रुपैयाँ बराबरको नियास विभिन्न मुलुकमा निर्यात भएको छ । माघ मसान्तसम्ममा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको करिब ९२ लाख ८१ केजी चिया निकासी भएको छ । ७ महिनामा नेपालबाट बाह्य मुलुकमा भएको कुल निकासीमा चियाको हिस्सा ४.१९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको ७ महिनामा मुलुकबाट १ अर्ब ७९ करोडभन्दा बढीको चिया निर्यात भएको थियो । सो अवधिमा कुल १ अर्ब ७९ करोड २० लाख रुपैयाँभन्दा बढीको ७४ लाख ६ हजार किलो चिया निर्यात भएको थियो ।

गत आर्थिक वर्षमा कुल निकासी भने २ अर्ब ७८ करोड २ लाख रुपैयाँ बराबरको भएको थियो । सो अवधिमा १ करोड ११ लाख ८५ हजार किलो चिया विभिन्न मुलुकमा निकासी भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x