Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

वैदेशिक सहायता प्रतिबद्धता रकम बढ्यो

वैदेशिक सहायता प्रतिबद्धता रकम बढ्यो

काठमाडौं, १२ फागुन । सरकारलाई वैदेशिक सहायता प्रतिबद्धता रकम बढेको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको अर्धवार्षिक अवधि अर्थात् पहिलो ६ महिनामा १ अर्ब ६९ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको छ । उक्त प्रतिबद्धता रकममध्ये १८ अर्ब १२ करोड रुपैयाँ अनुदान र १ खर्ब ६९ अर्ब ३१ करोड ऋण रहेको छ ।

चालू आवको पुस मसान्तसम्ममा सरकारलाई प्राप्त भएको वैदेशिक सहायता प्रतिबद्धता गत आवको सोही अवधिको तुलनामा करिब १५७ प्रतिशतले बढी हो । सो अवधिमा ७२ अर्ब ९५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता आएको थियो ।

समीक्षा अवधिमा आएको वैदेशिक सहायता प्रतिबद्धता विश्लेषण गर्दा साउनमा सबैभन्दा धेरै आएको छ । सो महिनामा मात्रै ५४ अर्ब ९३ करोड रुपैयाँ बराबरको सहायता प्रतिबद्धता प्राप्त भएको छ । सबैभन्दा कम भने असोज महिनामा रहेको छ । उक्त महिनामा १ अर्ब ३२ करोड रुपैयाँ बराबरको मात्र वैदेशिक सहायता प्रतिबद्धता आएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

कुल वैदेशिक सहायता प्रतिबद्धतामध्ये सडक तथा सुशासन क्षेत्रमा ५७ प्रतिशत, ऊर्जा क्षेत्रमा २९ प्रतिशत, शिक्षा, स्वास्थ्य तथा कोभिड नियन्त्रण क्षेत्रमा ५÷५ प्रतिशत, कृषि, वन र वातावरण क्षेत्रमा ३÷३ प्रतिशत र पुनर्निर्माण क्षेत्रमा १ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x