Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

प्राविधिक कारण बिथोलिएको नेप्से अन्तमा बढेर बन्द

प्राविधिक कारण बिथोलिएको नेप्से अन्तमा बढेर बन्द

काठमाडौं, १२ फागुन । बुधबार शेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । बजार खुलेसँगै ओरालो लाग्न थालेको परिसूचक अन्तिम समयमा १२.५६ अंकले बढेर बन्द भएको हो । योसँगै शेयर बजार परिसूचक नेप्से २५९९.०७ विन्दुमा पुगेको छ ।

नेप्सेको सिष्टममा देखिएको समस्याका कारण बुधबार केहि समय प्रभावित भएको थियो । संसद पुनस्थापनको विषयले उत्साहित लगानीकर्ताहरु बजार सकारात्मक हुनेमा विश्वस्त थिए । तर प्राविधिक समस्याले केहि समय बजार प्रभावित हुन पुग्यो । तर समस्या समाधानपछि भने बजारले पुनः उकालो यात्रा तय गरेको हो ।

कारोबारमा आएका १२ समूह मध्ये हाइड्रो र अन्य बाहेक अरु सबै समूहको उपसूचक बढेको छ । हाइड्रो २२.९३ र अन्य १०.८९ अंकले मात्र घटेको छ ।

यस्तै कारोबार पनि १ सय ४ कम्पनीको ६ अर्ब ७० करोड रुपैयाँको भएको छ । हिजो ८ अर्ब ५३ करोड बढीको कारोबार भएको थियो । सबैभन्दा धेरै कारोबार नेपाल बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ। नेपाल बैंकको ५८ करोड र इन्फ्रास्टक्चरको ५५ करोड बढीको कारोबार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x