Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सरकार र निजी क्षेत्र मिलेर तालिम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता

सरकार र निजी क्षेत्र मिलेर तालिम संचालन गर्ने श्रम मन्त्री चौधरीको प्रतिवद्धता

काठमाडौं, १२ फागुन । नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य तथा सीप विकास समितिका पदाधिकारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीबीच भेटवार्ता भएको छ। समितिका सभापति हेमराज ढकाल, सहसभापति भक्त बहादुर हमाल, सदस्य सीताराम रेग्मी, महासंघका पूर्वकारिणी समिति सदस्य कमला श्रेष्ठ सहितको प्रतिनिधिमण्डले सरकार र नीजि क्षेत्रको सहकार्यमा सीपमुलक तालिम संचालन गर्नुपर्नेमा जोड दिएको छ ।

सभापति ढकालले एकातिर मुलुकभित्र संचालित उद्योगधन्दाका लागि चाहिएको जनशक्ति नपाउँदा ठूलो समस्या भएको र अर्कोतिर विनाकुनै शीप कामका लागि विदेशीने यूवाहरू न्यूनतम पारिश्रमिकमा अधिकतम समय काम गर्न बाध्य भएकाले यो समस्या अन्त्य गर्न पनि शीपयुक्त जनशक्ति विकासका लागि तत्काल तालीम संचालन गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा मन्त्री चौधरीले नीजि क्षेत्रको सुझाव अनुसार सीपमुलक तालिम संचालन गर्ने सरकारको योजना रहेकोले महासंघवाट प्राप्त सुझाव एवं प्रस्तावलाई ध्यानमा राखी आगामी दिनमा सीपमुलक तालिम सन्चालन गर्ने प्रतिवद्धता जनाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x