‘हेमबहादुर मल्ल सम्मान’ डा. दासलाई
काठमाडौं, १४ फागुन । दुई लाख रुपैयाँ राशीको हेमबहादुर मल्ल सम्मान डा.गौरी शंकर लाल दासले पाएका छन् । नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनको संयुक्त आयोजनामा बिहीबार राष्ट्रपति भवन महाराजगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीले दासलाई उक्त सम्मान प्रदान गरेकी हुन् । दासलाई सम्मानपत्र र २ लाख रुपैयाँ प्रदान गरिएको छ ।
वि.सं. २००९ सालमा निजामति सेवामा प्रवेश गरेका ९६ वर्षिय दास पेशाले चिकित्सक र प्रशासक हुन् । वीर अस्पतालमा रेजिडेन्ट मेडिकल अफिसरका रुपमा स्वास्थ्य सेवा आरम्भ गरेका उनी स्वास्थ्य सेवा विभागको निर्देशक, स्वास्थ्य मन्त्रालयको प्रमुख योजना अधिकृत पदमा समेत पुगे । उनले २०३५ साल देखि २०४७ सालसम्म लोकसेवा आयोगको सदस्यको हैसियतमा समेत जिम्मेवारी सम्हालेका थिए ।
सुनसरीको इनरुवामा जन्मिएका दास विभिन्न क्षेत्रका ९० जना व्यक्ति मध्ये छानिएका हुन् ।