Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

मयुरधाप औद्योगिक क्षेत्र : ७ अर्ब लगानीमा २ वर्षभित्र निर्माण गरिने

मयुरधाप औद्योगिक क्षेत्र : ७ अर्ब लगानीमा २ वर्षभित्र निर्माण गरिने

हेटौंडा, १५ फागुन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रवार शिलान्यास गरेको मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ स्थित मयुरधाप औद्योगिक क्षेत्र २ वर्षभित्रै निर्माण गरिने बताइएको छ । संघीय सरकारले २०७२ चैत १ गते मयुरधापमा नयाँ औद्योगिक क्षेत्रको घोषणा गरेको थियो ।

उक्त औद्योगिक क्षेत्रमा पूर्वाधार विकासका लागि सरकारले ७ अर्ब ३ करोड १४ लाख लगानी गर्ने र यथाशीघ्र काम थाल्ने लक्ष्य रहेको हेटौंडा औद्योगिक क्षेत्रका प्रबन्धक राजेन्द्रप्रसाद कँडेलले बताए । औद्योगिक क्षेत्रमा उद्योगहरू स्थापनापछि प्रत्यक्ष÷अप्रत्यक्ष गरी १० हजारले रोजगारी पाउने बताइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ र १४ मा गरी १९९ बिगाहा १७ कट्ठा सरकारी जग्गा संघीय सरकारले मयुरधाप औद्योगिक क्षेत्रको नाममा दर्ता गरी लालपूर्जा पनि हस्तान्तरण गरिसकिएको छ । उक्त क्षेत्रमा २०७५ साल कात्तिक ५ गतेदेखि परियोजना कार्यालय स्थापना गरिसकिएको पनि बताइएको छ ।

नेपाल औद्योगिक व्यवस्थापन लिमिटेडका अध्यक्ष बस्नेतले मयुरधाप औद्योगिक क्षेत्रको भौतिक पूर्वाधार विकास आगामी दुई वर्षभित्र सम्पन्न गर्ने र नयाँ–नयाँ उद्योग स्थापना गर्ने उद्योगी व्यवसायीलाई आगामी पाँच वर्षभित्रमा जग्गा भाडामा लिने रकम पूरै छुट दिइने घोषणा गरेका छन् । उक्त औद्योगिक क्षेत्रमा ६२ वटा प्लटिङ छुट्याई उद्योगीहरुलाई उद्योग स्थापना गर्ने जग्गा, विद्युत्, बाटो, पिउने पानी र आवश्यक भवन निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x