वोमी र ग्रामिण लघुवित्तले चैत ३ देखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं, १९ फागुन । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामिण स्वयंसेवक लघुवित्त वित्तीय संस्थाले आगामी चैत्र ३ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । मर्जर पश्चात वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट कारोबार हुने संस्थाले जनाएको छ ।
दुवै संस्थाको पुस २८ गते सम्पन्न साधारण सभाले एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए ।
नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै संस्थालाई स्वीकृती प्रदान गरिसकेको छ । कम्पनी रजिष्ट्रार कार्यालयले पनि स्वीकृती प्रदान गरिसकेको छ ।