Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

सेञ्चुरी बैंकको थप दुई नयाँ शाखा संचालनमा

सेञ्चुरी बैंकको थप दुई नयाँ शाखा संचालनमा

काठमाडौं, १९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । वित्तीय पहुँच विस्तारको क्रममा बैंकले यी दुई स्थानमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

बालाजु र गौरीघाट शाखा संचालनमा ल्याएसँगै बैंकको कुल शाखा १ सय २२ पुगेको छ । योसँगै बैंकले १० वटा एक्सटेन्सन काउन्टर, २२ वटा शाखारहित बैंकिङ्ग र ८८ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

कुल ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८३ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब २५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *