Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

मोबाइल तथा इण्टरनेटबाट गरिने भुक्तानीको अधिकतम सीमा बढ्यो, दैनिक २० लाखसम्म भुक्तानी गर्न सकिने

मोबाइल तथा इण्टरनेटबाट गरिने भुक्तानीको अधिकतम सीमा बढ्यो, दैनिक २० लाखसम्म भुक्तानी गर्न सकिने

काठमाडौं, १९ फागुन । नेपाल राष्ट्र बैंकले मोबाइल तथा इण्टरनेट बैंकिङबाट गरिने भुक्तानीको सीमा बढाएको छ । यसअघिको अधिकतम सीमा संशोधन गर्दै बैंकले कार्यान्वयनका लागि सम्बन्धित संस्थालाई निर्देशन समेत दिएको छ । केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै यस्तो मोबाइल तथा इण्टरनेट बैंकिङ सेवाको माध्यमबाट गरिने भुक्तानीको अधिकतम सीमा निर्धारण गरेको हो ।

राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धी कार्य गर्ने संस्थालाई २०७७ भदौ ११ गते जारी गरिएको भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७७ को अ.प्रा. निर्देशन नं ५÷०७७ को बुँदा नं १ को १.२ मा संशोधन गर्दै नयाँ निर्देशन जारी गरेको हो, जस अनुसार अब मोबाइल बैंकिङबाट दैनिक अधिकतम २ लाखसम्म भुक्तानी गर्न पाइनेछ । यस्तै इन्टरनेट बैंकिङ मर्चेन्ट पेमेन्टतर्फ २ लाख र इन्टरनेट बैंकिङ अकाउण्ट ट्रान्सफरतर्फ पनि २० लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिने उल्लेख छ ।

यसअघि मोबाइल बैंकिङबाट दैनिक १ लाखसम्म र इन्टरनेट बैकिङ (मर्चेण्ट पेमेन्ट तथा अकाउण्ट ट्रान्सफर)तर्फ १० लाख रुपैयाँसम्म भुक्तानी कारोबार गर्न सकिने व्यवस्था थियो ।

यद्यपि हालको संशोधित व्यवस्था अनुसार कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा अर्को संस्थामा रहेको खातामा रकम रकमान्तर गर्न, सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने राजस्व, कर, जरीवाना, दस्तुर लगायत भुक्तानी गर्न, विद्युत्, दूरसञ्चार, खानेपानी, सामाजिक सुरक्षा कोष लगायतको शुल्क तिर्न, शिक्षण÷स्वास्थ्य संस्था, हवाई, यातायात, होटल÷रेष्टुराँको कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको भुक्तानी गर्न, धितोपत्र कारोबार बापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र केन्द्रीय बैंकबाट अनुमति प्राप्त विशेष उपकरणमा भुक्तानीको हकमा भने उक्त व्यवस्थाले बाधा नपुग्ने बैंकद्वारा जारी परिपत्रमा भनिएको छ ।

भुक्तानी सम्बन्धी कारोबारको जोखिम मूल्यांकन र व्यवस्थापन गर्ने जिम्मेवारी अनुमतिप्राप्त सम्बन्धित संस्थाहरूको हुने भन्दै केन्द्रीय बैंकले सम्बन्धित संस्थाहरूले जोखिमको स्तरलाई आधार मानी भुक्तानीको आ–आफ्ना सीमा कायम गर्न सक्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x