Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

‘एक नेपाली एक डिम्याट खाता’ अन्तरगत एनआइबिएल एस क्यापिटलको घरदैलो कार्यक्रम सम्पन्न

‘एक नेपाली एक डिम्याट खाता’ अन्तरगत एनआइबिएल एस क्यापिटलको घरदैलो कार्यक्रम सम्पन्न

काठमाडौं, २१ फगुन । नेपाल धितोपत्र बोर्डको “एक नेपाली एक डिम्याट खाता” अभियानअन्तर्गत एनआईबिएल एस क्यापिटल लिमिटेडले निशुल्क घरदैलो डिम्याट खाता अभियान सम्पन्न गरेको छ । क्यापिटलले ललितपुरको घुसेल बागमती गाउँपालिका वडा नं १ मा फाल्गुन बिहीबार उक्त घरदैलो अभियाल कार्यक्त सम्पन्न गरेको हो ।

एनआईबिएल एस क्यापिटलले प्रत्येक नेपालीको पूँजी बजारमा सहभागिता होस भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको बताएको छ । यस अभियानमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकोे लगनखेल शाखाको समेत संलग्नता रहेको थियो ।

क्यापिटल लिमिटेडले ग्राहकको सेवालाई मध्यनजर गर्दै बिहानी काउन्टर विहान ८ बजे देखि ९ः३० बजे सम्म संचालन गर्दै आएको छ । गत पुस १ गते देखी सिमित अवधिको लागि निशुल्क डिम्याट तथा मेरो शेयर खोल्ने सुविधा समेत प्रदान गर्दै आएको क्यापिटले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x