Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

गोल्यान समूहको ट्राइकोट इण्डस्ट्रिजमा स्थानीयलाई रोजगारीमा प्राथमिकता

गोल्यान समूहको ट्राइकोट इण्डस्ट्रिजमा स्थानीयलाई रोजगारीमा प्राथमिकता

काठमाडौं, २३ फागुन । गोल्यान समूहले आफ्नो रेडिमेट कपडा उद्योग ट्राइकोट इण्डस्ट्रिजमा स्थानीयलाई शीप विकास तालीमका साथै रोजगारीमा प्राथमिकता दिएको छ । विराटनगरको रानी मिल्स एरियामा रहेको सो उद्योगले कोरोना संक्रमणका बेला समेत आफ्ना कामदारलाई उद्योगमै सुरक्षित राखेर काम गराउनुका साथै शीप विकास तालीमपछि रोजगारी समेत दिँदै आएको समूहका अध्यक्ष पवन गोल्यानले बताए । उद्योगले बाहिरबाट कच्चापदार्थ आयात गरी तेस्रो मुलुक निर्यात गर्दै आएको छ ।
उद्योगमा विशेषगरी स्थानीय महिलालाई शीपमूलक तालीम दिई रोजगारीमा प्राथमिकता दिइएको समूहले बताएको छ । कोभिड महामारीका बेला समेत गोल्यान समूहले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सुरक्षित रूपमा उद्योग सञ्चालन गरेको थियो । समूहले राइस मिल्स लगायत अन्य उद्योग सञ्चालन गर्दै आएको छ
ट्राइकोट इन्डष्ट्रिजले विदेशमा तयारी पोशाक निर्यात गर्दै देशको अर्थतन्त्रमा टेवा पर्याइरहेको छ । हाल ट्राइकोटका उत्पादनहरु भारत, जर्मनी, अमेरिका, डेनमार्क, इटाली, अष्ट्रिया, न्यूजिल्यान्ड, बेलायत, दक्षिण अफ्रिका, क्यानडा र स्विजरल्यान्डमा निर्यात हुँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *