Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेपाल हाइड्रो डेभलोपरद्वारा लाभांश घोषणा

नेपाल हाइड्रो डेभलोपरद्वारा लाभांश घोषणा

काठमाडौं, २३ फागुन । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको फागुन २० गते सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले यसअघि आव २०७४/७५ बाट ४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेर बुकक्लोेज समेत नभएकाले उक्त बोनस शेयर समेत हालको १५ प्रतिशत बोनसमा समावेश गरिएको कम्पनीले जनाएको छ । कम्पनीले आव २०७५/७६ बाट पनि लाभांश वितरण गरेको थिएन ।

प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x