ग्लोबल आइएमई बैंकको ऋणपत्र चैत १ देखि बिक्री खुल्ने
काठमाडौं, २३ फागुन । ग्लोबल आइएमई बैंकको ऋणपत्र आगामी चैत १ देखिबिक्री खुला गरिने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको हो ।
त्यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ। त्यसमा सामूहिक लगानी कोषलाई ६० हजार इकाई छुट्याएको छ । सर्वसाधारणले ११ लाख ४० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् ।
१० वर्ष अवधिको बैंकको ऋणपत्रको बार्षिक व्याजदर ८.५० प्रतिशत रहेको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।