मिथिला लघुवित्तद्वारा बोनस सेयर वितरण गर्ने प्रस्ताव
काठमाडौं, २५ फागुन । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ। संस्थाको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजीको कुल १२.६३१५७९ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३१५७९ प्रतिशत नगद लाभांश करस दिने प्रस्ताव गरेको हो । संस्थाको चुक्तापुँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट परित गरेपनि शेयरधनीहरुले प्राप्त गर्न सक्नेछन् ।