Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

जनशक्ति अभावले रसुवागढी जलविद्युत्को प्राविधिक काम ठप्प

जनशक्ति अभावले रसुवागढी जलविद्युत्को प्राविधिक काम ठप्प

रसुवा, २५ फागुन । जनशक्ति अभाव भएपछि रसुवागढी जलविद्युत् आयोजनाको प्राविधिकतर्फको काम ठप्प रहेको छ । रसुवाको टिमुरेमा निर्माणाधीन १११ मेगावाट क्षमताको सो आयोजनामा प्राविधिकहरू नफर्किंदा काम अघि बढ्न सकेको छैन । यसले निर्धारित मितिमै आयोजनान सम्पन्न गर्न कठिनाइ हुने देखिएको छ ।

आयोजनामा प्राविधिक उपकरण जडानको जिम्मेवारी पाएको ठेकेदार कम्पनी भोइथ इन्डियामार्फत परिचालित प्राविधिक कोभिडका कारण गतवर्ष चैतमा स्वदेश फर्किएकोमा अmभैm फर्किएका छैनन् । आयोजनाले उपकरण जडान कार्य शीघ्र सम्पन्न गर्न कम्पनीलाई ताकेता गरे पनि पर्याप्त जनशक्ति उपलब्ध नभएको बताइएको छ ।

हाल आयोजनाको भूमिगत संरचनाको विद्यत्गृहमा निर्माण गर्नुपर्ने भौतिकतर्फको काम करिब सम्पन्न भइसकेको छ । सुरुङलगायतका संरचनाको काम भने चिनियाँ ठेकेदार कम्पनी सिडब्ल्यूईले गर्दै आएको छ ।

आयोजनाले २०७९ जेठसम्ममा निर्माण सम्पन्न गर्ने कार्यतालिका रहेको छ । तर प्राविधिक अभावले उपकरण जडानमै एक वर्ष लाग्ने देखिएको छ ।

कर्मचारी सञ्चय कोषको ऋण सहयोगमा १३ अर्ब ६५ करोडको लागतमा निर्माणाधीन आयोजनाको भौतिक प्रगति करिब ८५ प्रतिशत प्रगति पूरा भएको आयोजना प्रमुख छवि गैरेले जानकारी दिएका छन् । आयोजनाको निर्माण २०१४ देखि शुरू भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x