Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त

काठमाडौं, २५ फागुन । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेको डेपुटी गभर्नरमा ढुंगाना र श्रेष्ठ नियुक्त भएका हुन् ।

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । यसअघि राष्ट्र बैंकको गभर्नर वा डेपुटी गभर्नरमा कोही पनि महिला नियुक्त भएका थिएनन् ।

डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् ।

फागुन १८ गते पाँच वर्ष कार्यकाल पूरा गर्दै डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ बाहिरीसँगै डेपुटी गभर्नर पद खाली थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x