Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

८ महिनामा सरकारको पूँजीगत खर्च २२.५८ प्रतिशत

८ महिनामा सरकारको पूँजीगत खर्च २२.५८ प्रतिशत

काठमाडौं, १ चैत । बजेटले विनियोजन गरेको पूँजीगत खर्च गर्नै नसक्ने ‘क्रोनिक’ समस्या यस वर्ष पनि दोहोरिएको छ । चालू आर्थिक वर्षको ८ महिनामा सरकारले गरेको विकास लक्षित पूँजीगत बजेट खर्चको तथ्यांक निराशाजनक छ, जुन विगत वर्षको प्रवृत्तिकै निरन्तरता देखिन्छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आवको पहिलो ८ महिना अर्थात् फागुन मसान्तसम्ममा कुल पूँजीगत बजेटको २२.५८ प्रतिशत (अपरिष्कृत) मात्र खर्च भएको छ । चालू आवका लागि सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ विकास बजेट विनियोजन गरेकोमा फागुन मसान्तसम्ममा ७९ अर्ब ६९ करोड ६० लाख रुपैयाँ खर्च भएको छ ।

कार्यालयको उक्त तथ्यांकले आगामी ४ महिनामा पूँजीगत बजेटको ७७.४२ खर्च गर्नुपर्ने चुनौती सरकार सामु छ, जुन असम्भव प्रायः देखिन्छ ।

सोही अवधिमा सरकारको चालू खर्च भने ४८ प्रतिशत नाघेको छ । फागुन मसान्तसम्ममा सरकारले चालूतर्फ ४ खर्ब ५५ अर्ब ८० करोड ६० लाख रुपैयाँ खर्च गरेको हो । चालू आवमा चालूतर्फको बजेट ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख रुपैयाँ रहेको छ ।

कार्यालयका अनुसार फागुन मसान्तसम्ममा वित्तीय व्यवस्थातर्फ २०.५५ प्रतिशत खर्च प्रगति भएको छ । चालू आवमा वित्तीय व्यवस्थातर्फ कुल बजेट १ खर्ब ७२ अर्ब ७८ करोड ७३ लाख रहेकोमा सो अवधिसम्ममा ३५ अर्ब ५० करोड ८३ लाख रुपैयाँ खर्च भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x