Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

काठमाडौं–तराई द्रुतमार्ग : दोस्रो चरणको ठेक्कामा अनियमितताको उजुरीपछि अध्ययन गर्दै लेखा समिति

काठमाडौं–तराई द्रुतमार्ग : दोस्रो चरणको ठेक्कामा अनियमितताको उजुरीपछि अध्ययन  गर्दै लेखा समिति

काठमाडौं, १ चैत । बहुप्रतिक्षीत तराई मधेश दु्रतमागको दोस्रो चरणको ठेक्का प्रक्रियामा अनियमिता भएको सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले अध्ययन गर्ने भएको छ ।

दोस्रो चरणको ठेक्का प्रक्रियाबाट योग्य बोलपत्रदाता चयनमा अनियमितता भएको भन्दै समितिमा उजुरी परेपछि सोसँगै दाबी तथा प्रमाणको रूपमा पेश गरिएका डकुमेन्टका आधारमा सम्बन्धित निकायसँग विभिन्न ११ ओटा विषयमा समितिले प्रतिक्रिया माग गरेको छ ।

प्रारम्भिक छानबिनका लागि सम्बन्धित निकायसँग कागजात मानिएको समितिले बताएको छ । समितिले सो आयोजनाको ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताको विषय समितिको आगामी बैठकमा एजेण्डाको रूपमा राख्ने तयारी गरिएको छ ।

५२ अर्बको उक्त ठेक्काका लागि २१÷२२ वटा कम्पनीले आवेदन दिएका थिए, जस अन्तर्गत एउटा प्याकेजमा एउटा र अर्को प्याकेजमा दुईवटा कम्पनी छनोट गरेको देखिएको समितिले बताएको छ । समितिका अनुसार दुईवटामध्ये एउटा दुवैमा क्वालिफाइड भएको र एउटा मात्रै कम्पनी डिस्क्वालिफाइड भएको देखिन्छ । यसले मिलेमतोको आशंका हुन सक्ने, प्रतिस्पर्धा सुनिश्चित नहुने परिस्थिति सृजना भएको पाइएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x