Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको २५ हजार संस्थापक शेयर भोलीदेखि विक्रीमा

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको २५ हजार संस्थापक शेयर भोलीदेखि विक्रीमा

काठमाडौं, २ चैत । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । लघुवित्तले एक सूचना जारी गर्दै २५ हजार कित्ता संस्थापक समूहको शेयर भोलीदेखि विक्री गर्न लागेको जानकारी दिएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक साविकका संस्थापक शेयरधनी वा योग्य व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले आगामी बैशाख ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य २ सय ७५ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने जनाइएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x