आईपीओ जारी गर्न सर्वोत्तम सिमेन्टको बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं, ४ चैत । सर्वोत्तम सिमेन्टले आईपीओ जारी गर्नका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले एक कार्यक्रम आयोजना गरी प्रभु क्यापिटल र एनआइबिएल एस क्यापिटललाई सहायक बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सर्वोत्तमले बुक विल्डिङको माध्यमबाट आईपीओ जारी गर्ने तयारी गरेको छ । हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले प्रतिकित्ता ७५० रुपैयाँका दरले आईपीओ जारी गर्ने तयारी गरेको छ ।