Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निफ्रालाई तीन दिनभित्र स्पष्टिकरण दिन नेप्सेको निर्देशन

निफ्रालाई तीन दिनभित्र स्पष्टिकरण दिन नेप्सेको निर्देशन

काठमाडौं, ४ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल इन्फ्रास्ट्रक्चर बैक लिमिटेड (निफ्रा)लाई तीन दिनभित्र स्पष्टिकरण दिन निर्देशन दिएको छ । नेप्सेले निफ्राको ३० मिलियन डलरको वण्ड ल्याउने, लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत हुने भन्ने समाचार बाहिरिएको भन्दै यो विषयमा स्पष्टिकरण सोध्ने मंगलबार निर्णय गरेको हो ।

नेप्सेले धितोपत्रको मूल्यमा प्रभाव पार्ने संवेदनशिल सूचना सम्बन्धित निकायमा जानकारी नगराई यस्तो प्रचार किन गरियो त्यस सम्बन्धमा स्पष्ट पार्न पनि निर्देशन दिइएको छ ।

विभिन्न सञ्चार माध्यममा निफ्राको हालको नाफाबाट १० प्रतिशत वोनस दिन सक्छ भन्ने कुरा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले भनेका थिए ।

No description available.

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x