Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजाजको नयाँ शोरूम फिदिममा

बजाजको नयाँ शोरूम फिदिममा

काठमाडौं, ४ चैत । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले फिदिममा पूर्ण विविधा सम्पन्न नयाँ शोरुम ‘समृद्धि एण्ड ब्रदर्सप्रा. लि’को उद्घाटन गरेको छ ।
नेपालमा सबैभन्दा अधिक विक्री हुने र विश्वासिलो अटो मोबाइल ब्राण्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले फिदिममा पनि शोरुम संचालनमा ल्याएको छ । यस उद्देश्यलाई सार्थक बनाउन समृद्धि एण्ड ब्रदर्स प्रा. लिफिदिमका प्रोप्राइटर संजीव जोशीलाई डिलरशिप प्रदान गरिएको छ ।
बजाज ग्राहकहरुले खरीद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधैं प्रतिबद्ध छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको माध्यमबाट बजाजलाई आफ्नो विक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पु¥याउने प्रयास गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x