Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

बीमामा नागरिकको पहुँच वृद्धि सुस्त

बीमामा नागरिकको पहुँच वृद्धि सुस्त

काठमाडौं, ७ चैत । बीमामा आम नागरिकको पहुँच वृद्धि सुस्त देखिएको छ । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्ममा जनसंख्याको २२.८ प्रतिशत नागरिक मात्र बीमाको पहुँचमा पुगेका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करीब २ प्रतिशत मात्र बढी हो ।

गत आर्थिक वर्षको पहिलो ७ महिनामा जनसंख्याको २०.९ प्रतिशतको बीमा भएको थियो ।

चालू आर्थिक वर्षमा माघ मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या २५.२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यो २३.८ प्रतिशत थियो ।

मन्त्रालयको तथ्यांक अनुसार गत आव मसान्तसम्ममा जारी भएका कुल बीमा लेख संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.३ प्रतिशतले बढेर ७२ लाख ४३ हजार ५०० पुगेको छ । सो अवधिमा संकलन भएको बीमा प्रिमियम रकम गत आवको ७ महिनाको तुलनामा ३२.२ प्रतिशतले बढेर ९२ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । गत आवको यो ६९ अर्ब ९२ करोड रुपैयाँ थियो ।

मन्त्रालयका अनुसार सो अवधिमा बीमाशुल्क संकलनमा जीवन बीमा र निर्जीवन बीमातर्फको हिस्सा क्रमशः ८१.८ प्रतिशत र १८.२ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x