Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्सेलाई जवाफ दिँदै निफ्राले भन्यो : बण्ड छिट्टै जारी गर्छौं

नेप्सेलाई जवाफ दिँदै निफ्राले भन्यो : बण्ड छिट्टै जारी गर्छौं

काठमाडौं, ८ चैत । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई स्पष्टिकरण पत्र पठाएको छ । नेप्सेले गत चैत ४ गते बैंकलाई विदेशी बजारमा बण्ड जारी गर्ने र १० प्रतिशत लाभांश वितरण गर्ने विषयमा स्पष्टिकरण पेश गर्न भनेपछि बैंकले निर्देशन बमोजिम नेप्सेलाई स्पष्टिकरण बुझाएको हो ।

निफ्राले विदेशी बजारमा ३० मिलियन डलरको बण्ड जारी गर्ने विषय बैंकको रणनीति भित्रकै एक हिस्सा रहेको स्पष्ट पारेको छ । कम्पनीले आफ्नो वार्षिक प्रतिवेदन र साधारण शेयर निष्कासनको लागि तयार गरिएको विवरण पत्रमा समेत यस अघिनै उक्त विषय खुलस्त पारिएको बताएको छ ।

नेप्सेमा उक्त कम्पनीको शेयर सूचीकृत हुनु अगावै बण्ड जारी गर्न प्रचलित व्यवस्था बमोजिम सम्बन्धित नियमनकारी निकायबाट लिनुपर्ने स्वीकृति लिईसकेको समेत कम्पनीले उल्लेख गरेको छ ।

बण्ड जारीको विषयलाई अन्तिम रुप दिन चाहिने स्वीकृति लिंदै छिटोभन्दा छिटो तोकिएको ब्याजदरमा बण्ड जारी गर्ने र सम्बन्धित स्टक एक्सचेञ्जमा सूचीकृत गराउँने गरी बैंक अघि बढेको पनि स्पष्टिकरणमा उल्लेख छ ।

निफ्राले आर्थिक वर्ष ०७७र ७८ मा ८ प्रतिशत लाभांश वितरणको प्रक्षेपणसमेत गरेको जानकारी गराएको छ । लाभांश वितरण सम्बन्धि निर्णय संचालक समितिको बैठक, सम्बन्धित निकायको स्वीकृति एवम् वार्षिक साधारण सभाले निर्णय गरेपछि मात्र वितरण हुने प्रष्ट पारेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x