महालक्ष्मी लाइफद्वारा कोहलपुरमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
काठमाडौं, ८ चैत । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कोहलपुरमा सम्पत्ति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार कोहलपुरको होटल म्याक्समा उक्त तालिम आयोजना गरेको थियो ।
कार्यक्रममा कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश र साविक राप्ति अञ्चल अन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको कम्पनीले जनाएको छ । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले सात वटै प्रदेशमा तालिम प्रदान गर्दै आएको छ ।
कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पत्ति शुद्धिकरण सम्बन्धी उक्त तालिम प्रदान गरेका थिए ।
उक्त कार्यक्रम दुई दिनसम्म चलेको थियो ।