Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

आइतबार नेप्से परिसूचक झिनो अंकले बढ्यो, करीब ६ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक झिनो अंकले बढ्यो, करीब ६ अर्बको शेयर कारोबार

काठमाडौं, ८ चैत । आइतबार नेप्से परिसूचक २.५६ प्रतिशतले वृद्धि बढेर २५०० विन्दु माथि पुगेको छ । आज परिसूचक ६३.३८ अंक बढेर २ हजार ५३६ दशमलव ४६ विन्दुमा पुगेर बन्द भएको हो ।

सेन्सेटिभ इन्डेक्स भने यस दिन २.१३ प्रतिशत बढेर ४५३.५९ विन्दुमा पुगेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स ९.४४ अंक बढेको हो । गत साताको तेस्रो कारोबार दिन मंगलवारदेखि उकालो लागेको बजारले यो साताको पहिलो दिन पनि निरन्तरता पाएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।
५ अर्ब ९१ करोड ९८ लाख २४ हजार रुपैयाँ बराबरको १ करोड २४ लाख ३० हजार २ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २०६ ओटा कम्पनीको ८० हजार ९८६ पटकको व्यापारमा भएको हो ।

यस दिन कुल कारोबार रकममा नेपाल बङ्गलादेश बैंकको सर्वाधिक हिस्सा रहेको छ । नबिल बैंकले प्राप्ति गर्ने हल्लाचलेसँगै देखिएको उक्त कम्पनीको शेयरप्रतिको उत्साह यो दिन पनि कायमै रहेको छ । आइतवार नेपाल बङ्गलादेश बैंकको ३९ करोड ९० लाख २२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । यस दिन बैंकको शेयरमूल्य पनि प्रतिकित्ता ३५५ रुपैयाँ कायम भएको छ ।

यस दिन कारोबारमा आएका १३ ओटै समूहको परिसूचक बढेकोमा सर्वाधिक होटल तथा पर्यटन समूहको ५.३६ प्रतिशतले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x