Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आज स्थानीय तहमा ७५ अर्ब बजेट निकासा हुने

आज स्थानीय तहमा ७५ अर्ब बजेट निकासा हुने

काठमाडौं, १ चैत्र । सरकारले चालु आर्थिक बर्षका लागि छुट्याइएको रकममध्ये तेस्रो तथा अन्तिम किस्ताको ७५ अर्ब रुपैयाँ आज स्थानीय तहको सञ्चित कोषमा पठाउने छ । ऋणयोग्य रकमको अभाव महसुस गरिरहेका वाणिज्य बैंकहरुले यो रकम पाएपछि अलिक राहतको महसुस गर्नेछन् ।
चालू आर्थिक वर्ष ०७४÷७५ को बजेटमार्फत स्थानीय तहका लागि छुट्याइएको समानीकरण अनुदान र शसर्त अनुदानमध्येको उक्त रकम स्थानीय तहमा पठाउन लागिएको अर्थ मन्त्रालयले जनाएको छ । तेस्रो किस्ता बापतको ७५ अर्ब रुपैयाँ स्थानीय तहमा हस्तान्तरण गर्न महालेखा नियन्त्रकको कार्यालयलाई अख्तियारी दिइसकेको मन्त्रालयले जानकारी दियो ।
सरकारले ७ सय ५३ वटा स्थानीय तहका लागि २ खर्ब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । बजेटमा समानीकरण अनुदान अन्तर्गत एक खर्ब ४८ अर्ब ६३ करोड र सशर्त अनुदान ७६ अर्ब ४१ करोड रुपैयाँ गरि दुई खर्ब २५ अर्ब रुपैयाँ छुट्याइएको छ ।
७५ अर्ब रुपैयाँका दरले यसअघि दुई किस्तामा गरेर एक खर्ब ५० अर्ब रकम निकासा भईसकेको छ । स्थानीय तहलाई प्राप्त हुने सबै प्रकारको आम्दानी सञ्चित खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । उक्त खाता नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकमा रहेका छन् ।
स्थानीय तहले केन्द्रबाट प्राप्त गर्ने बजेट खर्च गर्न नसकेपनि त्यो बजेट फेरि केन्द्र सरकारको खातामा फर्काउन नमिल्ने र बैंककै खातामा रहने हुँदा निक्षेप बढाउन प्रयासरत बैंकहरुलाई भने ठूलो राहत मिल्नेछ । ऋण वृद्धिको तुलनामा बैंक निक्षेपमा वृद्धि नहुँदा बैकिङ क्षेत्रमा ऋण योग्य तरलताका अभावको अवस्था विद्यमान छ । सरकारले यसअघि दुई पटक गरेर स्थानीय तहमा पठाएको एक खर्ब ५० अर्ब रकममध्ये पचास प्रतिशत भन्दा बढी रकम बैंक खातामा नै थुप्रिएको अवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x