Date

शनि, असार २१, २०८२
Sat, July 5, 2025

सेन्चुरी बैंकले पायो अनुभवी कार्यकारी अधिकृत

सेन्चुरी बैंकले पायो अनुभवी कार्यकारी अधिकृत

काठमाडौ, १ चैत्र । सेञ्चुरी कमर्सियल बैंकले तुलसीराम गौतमलाई बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । मेगा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनिल शाहलाई बैंकले ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको भए पनि करारमा उल्लेखित तलब सुविधा बैंकको ब्यालेन्स सिटको आकारका कारण दिन नसक्ने भएपछि उनले सो बैंकमा नियुक्ति लिन मानेनन । शाह हाल नबिल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् ।
माछापुच्छ«े बैंकको प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका गौतम दुई वर्षको विश्रामपछि सेन्चुरी बैंक फर्किएका हुन । बैंकले नयाँ बर्षदेखि लागू हुने गरि गौतमलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
अर्थशास्त्रमा स्नातक गौतम मार्केटिङ र फाइनान्समा एमबीएसमेत गरेका छन्। उनीसँग १० वर्ष नेपाल एसबिआइ बैंकमा काम गरेको अनुभव छ। ३६ वर्षअघि नेपाल बैंकबाट सेवा सुरु गरेका उनले तत्कालिन नेपाल इन्डोसेज बैंक छाडेर एसबिआइ गएका थिए। लामो कसरतपछि सेञ्चुरीले प्रमुख कार्यकारी नियुक्त गरेको हो। उनी तीन महिना अघि मात्र इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका थिए।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी वृद्धि गरेर ८ अर्ब पु¥याएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नाफा वृद्धि गर्नुपर्ने सञ्चालक समितिको चर्को दबाब छ । चर्को दबाब सहन नसकेकै कारण धेरै पुराना प्रमुख कार्यकारीहरुले करार अवधिको बीचमै बैंक छोड्ने गरेका छन् । हाल माछापुच्छ्रे, एनआइसी एसिया, मेगा र नबिल बैंक प्रमुख कार्यकारी अधिकृत बिहीन रहेको छ । नबिल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा लगिएका शाहलाई नै प्रमुख कार्यकारी बनाइने बैंकको योजना रहेको छ । एउटा बैंक छोडेको ६ महिनासम्म अर्को बैंकमा कार्यकारी अधिकृत हुन नपाउने राष्ट्र बैंकको नियमको कारण नबिलले यो चोर बाटोमार्फत शाहलाई नियुक्त गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *