Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सन्राईज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सम्झौता

सन्राईज बैंक र शिखर इन्स्योरेन्सबीच स्वास्थ्य बीमा सम्झौता

काठमाडौं, फागुन ३०, २०७४ । सन्राइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा रु. १ लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५५ भन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । सन्राइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ ।

यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । अब यस सम्झौता पश्चात सन्राइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x