राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने
काठमाडौं, ११ चैत । नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम एक वर्षका लागि लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै इच्छुक बैंक तथा वित्तलाई भोलीसम्म प्रस्ताव पेश गर्न आग्रह गरेको छ । बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्ने छ । ‘क’ वर्गका वाणिज्य बैंकमा दुई अर्ब ७६ करोड, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ५१ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई १७ करोड २५ लाख रुपैयाँ राख्ने छ ।