Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नागरिक लगानी कोषको संस्थापक शेयर विक्रीमा

नागरिक लगानी कोषको संस्थापक शेयर विक्रीमा

काठमाडौं, ११ चैत । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको आफ्नो स्वामित्वमा रहेको ४ लाख ६८ हजार ८२८ कित्ता शेयर विक्री गरिने भएको छ । बैंकले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य. १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको छ । यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिनेछ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरु योग्य रहने बैंकले जनाएको छ ।
इच्छुक विद्यमान संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले चैत्र ३ गतेदेखि १७ गतेसम्ममा विक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा पुग्नेगरी प्रतिकित्ता आपूmले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई शिलबन्दीबोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x