Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचक ४१ अंकले बढ्यो, साढे ६ अर्ब बढिको शेयर कारोबार

नेप्से परिसूचक ४१ अंकले बढ्यो, साढे ६ अर्ब बढिको शेयर कारोबार

काठमाडौं, ११ चैत । बुधबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.६३ प्रतिशतले वृद्धि भएको छ । परिसूचक ४१.३० अंकले वृद्धि भएर २५७०.२५ विन्दुमा रोकिएको हो ।

२०८ कम्पनीको १ करोड ६९ लाख ३४ हजार ८९३ कित्ता शेयर ६ अर्ब ६७ करोड ४४ लाख रुपैयाँमा खरिद विक्री भएको छ । आज कारोबारमा आएका १३ समूहमध्ये हाईड्रोपावर समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचक वृद्धि भएको छ । हाईड्रोपावर समूहको परिसूचक ०.६३ प्रतिशतले घटेको हो । त्यस्तै आज सर्वाधिक परिसूचक वृद्धि उद्योग समूहको ९.४ प्रतिशत भएको छ ।

त्यस्तै सर्वाधिक शेयर मूल्य वृद्धि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडको भएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साल्ट ट्रेडिङ्गको प्रतिशेयर मूल्य १२ हजार ७०५ रुपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x