Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उपत्यकाका सीमित स्थानमा मेलम्चीको पानी

उपत्यकाका सीमित स्थानमा मेलम्चीको पानी

काठमाडौं, १६ चैत । वर्षौंको प्रतीक्षापछि मेलम्चीको पानी काठमाडौं उपत्यकाका केही स्थानमा आइपुगेको छ । पहिलो चरणमा देवकोटा सडक, बत्तीसपुतली, जयबागेश्वरी, चावहिल, कुटुबहाल, सिफल, कालोपुल, एअरपोर्ट हाइट, धनवन्तरी मार्गलगायत क्षेत्रका उपभोक्ताका धारामा पानी आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले बताएको छ ।

हाल पुराना पानी पोखरीहरूमा मेलम्चीको पानी भरेर पुरानै पाइपलाइन र धारामा दिइने र आयोजना कार्यान्वयन निर्देशनालयबाट बिच्छ्याइएको नयाँ पाइपलाइनमा परीक्षण गर्दै लैजाने लिमिटेडको योजना छ ।

अहिले दैनिक चार करोड लिटर पानी आउन थालेको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताए । पहिलो चरणमा महाङ्कालचौर, अनामनगर, मीनभवन र खुमलटारमा रहेका ट्याङ्कीमा पानी भरेर ग्राहकका घरमा पठाउन लागिएको छ । महाङ्कालचौर पोखरी खोलेर जम्मा भएको पानी घरघरमा पठाउन थालिएको प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । सो पोखरीबाट चावहिल, कुटुबहाल, आनन्द नगर क्षेत्रमा पानी पुग्ने उहाँले जानकारी दिनुभयो । पानी बढाउँदै लगेर दैनिक १७ करोड लिटरसम्म काठमाडौँ ल्याउन लागिएको छ ।

अहिले खानेपानीको शुल्क यथावत् नै राख्ने लिमिटेडको योजना छ । पहिले पानी दिने लक्ष्य भएको र ग्राहक खुशी बनाएर मात्रै महसुल बढाउन सोच्ने उहाँले बताउनुभयो । तोकिएका स्थानमा कुनै घरमा पानी नपुगेमा तत्काल समस्या पत्ता लगाएर समाधानका लागि टोली बनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x