आठ अर्बको ट्रेजरी बिलको बोलकबोल आज

काठमाडौं, १६ चैत । नेपाल राष्ट्र बैंकले आज (सोमवार) रू. आठ अर्ब १० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिने अवधिका लागि रू. पाँच अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । सो बिल आगामी वैशाख १४ गते परिपक्व हुनेछ । यस्तै रू. १० करोड बराबरको टे«जरी बिल भने ९१ दिनका लागि विक्री गर्न लागिएको हो । उक्त बिल आगामी असार १५ गते परिपक्व हुनेछ ।

१८२ दिनका लागि रू. तीन अर्ब बराबरको बिल विक्री गरिनेछ । उक्त बिल आगामी असोज १२ गते परिपक्व हुनेछ । यसअघि बैंकले यही चैत ९ गते रू. १५ अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *