Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सोमबार पनि शेयर बजार घट्ने क्रम रोकिएन

सोमबार पनि शेयर बजार घट्ने क्रम रोकिएन

काठमाडौं, १६ चैत । यो साताको पहिलो कारोबार दिन सोमबार पनि शेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ। पछिल्लो केही दिन तीब्र उतारचढाव आएको बजारमा सोमबार ५.५४ अंकले घटेर २५४३.५२ विन्दुमा झरेको छ ।

गत बिहीबार नेप्से २१.२९ अंकले घटेको थियो ।

सोमबार कारोबार पनि कम छ । दुई सय नौ कम्पनीको चार अर्ब ४१ करोड रुपैयाँका शेयर किनबेच भएको छ। बिहीबार छ अर्ब ४० करोड भन्दा बढीको शेयर किनबेच भएको थियो ।

यो दिन नेपाल इन्फ्रास्टकचर बैंकको सर्वाधिक किनबेच भएको छ। यस बैंकको ४४ करोड ३१ लाख रुपैयाँको शेयर किनबचे भएको छ। यस्तै दोस्रोमा अपर तामाकोशी र तेस्रोमा चन्द्रागिरी हिल्स रहेको छ ।

कारोबारमा रहेको १३ मध्ये तीन समूहको सूचकमा हरियाली छाएपनि बाँकी सबै रातम्मे छ ।

सर्वाधिक कमाउने कम्पनीहरुको अग्रस्थानमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था रहेको छ । कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २७ सय ६१ रुपैयाँ पुगेको छ। यस्तै गुमाउँनेहरुमा भने चन्द्रागिरी हिल्स अग्रस्थानमा छ । केही दिनयता निरन्तर बढ्दै आएको यस कम्पनीको शेयर मूल्यमा सोमबार भने ७.१७ प्रतिशतले घटेर १९ सय ३० रुपैयाँमा झरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x