Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

ग्लोबल मनिविक–२०२१ मा लक्ष्मी बैंकको विभिन्न कार्यक्रमहरु सम्पन्न

ग्लोबल मनिविक–२०२१ मा लक्ष्मी बैंकको विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं, १६ चैत । विश्व वित्तीय सप्ताह (ग्लोबल मनिविक)२०२१ को उपलक्ष्यमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

बैंकको वित्तीय साक्षरता आभियान अन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयहरुका करिब एक हजार भन्दा बढी विद्यार्थीहरुलाई सामान्य वित्तीय साक्षरता सम्बन्धी कक्षा सञ्चालन गरी बचतको महत्व बुझाउदैं खुत्रुके वितरण गरिएको थियो । यसका साथै युवाहरुमा प्रविधिको प्रयोग गरी बैकिङ्ग गर्ने बानीको विकास गर्ने उदेश्यले विभिन्न व्यवसायमा आवद्घ साना व्यवसायीहरुलाई डिजिटल बैंकिंङ्गको प्रयोग सम्वन्धी ३ वटा तालिम सत्र सञ्चालन गरिएको थियो ।

यसै गरी लक्ष्मी बैकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्घि सम्वन्धी वृत्तचित्र ‘समृद्घिको अभियान, लक्ष्यवित्तीय ज्ञान’ नेपाल टेलिभिजनबाट २०७७ चैत्र १० गते तथा चैत्र १५ गते प्रसारण गरिएको थियो । विश्ववित्तीय सप्ताहकै उपलक्ष्यमा वित्तीय जानकारी सहितको नववर्ष २०७८ सालको वार्षिक भित्तेपात्रोको पॉचौ संस्करणको विमोचन गरिएको थियो । २० हजार प्रतिक्यालेन्डर छापी सात वटै प्रदेशकादुर्गम क्षेत्रमा यस्तो क्यालेन्डर वितरण गर्ने तयारी गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभियानलाई प्रमुख प्राथमिकतामा राख्दै लक्ष्मी बैंकले यसअघि पनि विभिन्न सहभागिता मूलक तथा जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । भविष्यमा पनि यसलाई निरन्तरता दिँदै अधिकतम जनसमुदायमाझ वित्तीय सचेतना फैलाई वित्तीय पहुँच विस्तार गर्ने बैंकको योजना रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x