सचेत गराउँदै किसान लघुवित्तको शेयर कारोबार खुल्यो

काठमाडौं, १९ चैत । बन्द रहेको किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार खुलेको छ । नेप्सेले सोधको स्पष्टिकरणको जवाफ पठाएपछि दोस्रो बजारमा शेयर कारोबार बिहीबारदेखि खुलेको हो । नेप्सेले लघुवित्तलाई सचेत गराउदै दोस्रो बजारमा कारोबार खुल्ला गरेको छ ।
यसअघि नेप्सेले धितोपत्र मूल्यमा प्रभाव पर्ने सूचना सार्वजनिक गरेको भन्दै कारोबार रोक्का गरी स्पष्टिकरण माग गरेको थियो। लघुवित्तले संस्थाको पूँजीकोष पर्याप्त नभएको कारण हकप्रद शेयर जारी गर्नुपर्ने र त्यसको लागि सम्बन्धित निकायसँग परामर्श गरेर मात्रै अघि बढ्ने निर्णय गरेको र उक्त दिन सार्वजानिक बिदा परेकोले सम्बन्धित निकायसँग परामर्श लिन नपाएकोले हकप्रद सम्बन्धि प्रस्ताव राखिएको जनाएको छ। भोलिपल्ट सम्बन्धित निकायसँगको परामर्श पश्चात उक्त प्रस्ताव हटाएको लघुवित्तले जनाएको छ।
लघुवित्तको शेयरमूल्यमा प्रभाव पार्ने कुनै मनसाय नरहेको किसान लघुवित्तले नेप्सेलाई जवाफ दिएको छ ।