Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नबिल बैंकलाई सरकारको सम्मान

नबिल बैंकलाई सरकारको सम्मान

काठमाडौं, २० चैत । आन्तरिक राजस्व विभागले नबिल बैंक लिमिटेडलाई सम्मान गरेको छ। बैंक तथा वित्तीय संस्था मध्येबाट सबैभन्दा बढी कर तिरेमा विभागले बैंकलाई सम्मान गरेको हो । बैंकले गत आर्थिक वर्षमा सबैभन्दा बढी एक अर्ब ९० करोड रुपैयाँ कर तिरेको थियो ।

मंसिरमै बढी कर तिर्नेको सूचिमा नबिल बैंक परेको भएपनि कोभिडका कारण सम्मान गरिएको थिएन ।

पछिल्लो १० वर्षमा नबिल बैंक पाँचौ पटक सर्वाधिक कर तिर्ने बैंक बन्न सफल भएको बैंकले जनाएको छ। बैंकले स्थापना काल देखि अहिलेसम्म १५ अर्ब ६ करोड रुपैयाँ बढी राज्यलाई कर तिरिसकेको बताएको छ। बैंकले हाल सम्म लगानीकर्तालाई एक हजार ८७५ प्रतिशत लाभांस वितरण गरिसकेको पनि जनाएको छ।

हाल बैंकले ११९ शाखा, १८५ एटीएम र १ हजार ५०० भन्दा बढी रेमिट एजेन्टमार्फत सेवा दिदै आएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x