नबिल बैंक र आर.एण्ड.डी. इन्नोभेटिभबीच कृषि प्राविधिकलाई सहयोगसम्बन्धी सम्झौता

काठमाडौं, २० चैत । नबिल बैंक र आर.एण्ड.डी. इन्नोभेटिभ सोलुसन्स प्रा. लि.बीच कृषि प्राविधिकलाई विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर सहयोग गर्ने सम्झौता भएको छ ।
सम्झौतापत्रमा नबिल बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल), र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स प्रा.लि.का अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् । साझेदारीको बारेमा नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त, प्रमुख बस्नेतले नबिल बैंकले सदैव दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको भन्दै कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुग्ने अपेक्षा गरे ।
यस्तै आर.एण्ड डि.का अध्यक्ष न्हेम्हाफूकीले नेपालको कृषि क्षेत्रको मुख्य समस्यामध्ये कृषि विषय अध्ययन गरेकाले नै कृषि व्यवसाय वा उद्यम सञ्चालन गर्न नसक्नु भएको बताइन् ।
कृषि पढेकालाई सुलभ तरिकाले कर्जा उपलब्ध गराई उद्यमशीलतातर्फ लाग्ने वातावरण बनाउनका लागि नबिल बैंक र आर.एण्ड.डि. इनोभेटिभ सोलुसनले कृषि उद्यमशिलता विकासका लागि कृषि प्राविधिकहरु समक्ष वित्तीय पहु“च सहितको कृषि उद्यमशिलता विकास कार्यक्रम ल्याएका ल्याएका हुन् । यसका लागि आर.एण्ड डि. इनोभेटिभ सोलुसनले उद्यम गर्न चाहने प्राविधिकहरुको छनौट गरि उद्यमशिलता विकास सम्बन्धि आधारभूत तालिम दिई बैंक समक्ष सहुलियत कर्जाका लागि सिफारिस गर्नेछ । ती सिफारिस भएका प्राविधिकहरुको व्यावसायिक योजनाका आधारमा १० लाख सम्मको सहुलियत दरको कर्जा नबिल बैंकले उपलब्ध गराउनेछ ।