Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

एसएमईजहरूलाई ऋण सहजीकरणका लागि महासंघ र डेभलपमेण्ट बैंकर्सबीच सहमति

एसएमईजहरूलाई ऋण सहजीकरणका लागि महासंघ र डेभलपमेण्ट बैंकर्सबीच सहमति

काठमाडौं, २३ चैत । नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालबीच लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसएमईजहरू) को वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने समझदारी भएको छ। उक्त समझदारी पत्रमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ र डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालका अध्यक्ष गोविन्द प्रसाद ढकालले हस्ताक्षर गरेका छन् ।

यो समझदारी अनुसार एशोसिएसनका सदस्य विकास बैंकहरूलाई लघु, घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायीहरूलाई कर्जा शिक्षा, बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिए ।

मुलुकभित्रको कुल रोजगारीमा करिव ९५ प्रतिशत योगदान एसएमईजहरूकै भएकाले यो समझदारीले एसमएमईजहरू फस्टाउन विशेष सहयोग पुग्ने बताइएको छ । महासंघको घरेलु तथा साना उद्योग समितिका सभापति डीवी वस्नेतले यो प्रयासबाट साना तथा मझौला उद्योग व्यवसायले ठूलो राहतको महशुस गर्ने र यो सहकार्य मुलुकभित्र एसएमईजको विकासमा कोशेढुंगा हुने विश्वास प्रकट गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x