गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्ने
काठमाडौं, २३ चैत । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पावर पर्चेज अग्रिमेन्ट (पिपिए) गरेको छ । नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन्।
शेखर गोल्छाका अनुसार यो आयोजनालाई ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्ने ग्रुपको तयारी छ ।