अजोड इन्स्योरेन्सद्वारा इलामाका स्थानीयलाई कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम
काठमाडौं, २३ चैत । अजोड इन्स्योरेन्सको इलाम शाखा कार्यालयले स्थानीयलाई तीन दिन कृषि तथा पशुपक्षी बीमा अभिकर्ता तालिम दिएको छ। उक्त तालिम कृषि तथा पशुपक्षी विभागका विभागीय प्रमुख दिपक पोखरेल र का.मु. प्रवन्धक प्रेम राज पाण्डेले कम्पनीको तर्फबाट प्रशिक्षण दिएका हुन ।
सहभागी प्रशिक्षार्थीहरुलाई इलाम नगरपालिकाका मेयर महेश बस्नेतले प्रमाण पत्र वितरण गरे । उक्त तालिममा ४८ जना प्रशिक्षार्थीहरुको सहभागिता थिए ।