Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

७.३ प्रतिशतले बढ्यो मुलुकको खुद वैदेशिक सम्पत्ति

७.३ प्रतिशतले बढ्यो मुलुकको खुद वैदेशिक सम्पत्ति

काठमाडौं, २६ चैत । मुलुकमा खुद वैदेशिक सम्पत्ति ७.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा खुद वैदेशिक सम्पत्ति ९७ अर्ब ३६ करोड रुपैयाँले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको माघ मसान्तसम्ममा उक्त सम्पत्ति २.२ प्रतिशत अर्थात् २१ अर्ब ६१ करोड रुपैयाँले बढेको थियो । चालू आवको ७ महिनामा सञ्चित मुद्रा भने ८.१ प्रतिशतले घटेकोे छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ५.३ प्रतिशतले घटेकोे थियो । वार्षिक विन्दुगत आधारमा २०७७ माघ मसान्तमा सञ्चित मुद्रा २२ दशमलव ९ प्रतिशतले बढेको छ ।

सोही अवधिमा संघीय सरकारको कुुल खर्च ४ खर्ब ९९ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त तथ्य समेतका आधारमा सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी चालू आवको सात महिनाको प्रतिवेदनअनुसार २०७७ माघ मसान्तसम्ममा चालू खर्च चार खर्ब ६ अर्ब ७३ करोड, पूँजीगत खर्च ६२ अर्ब ८४ करोड र वित्तीय व्यवस्थाअन्तर्गतको खर्च ३० अर्ब ११ करोड गरी कुल चार खर्ब ९९ अर्ब ६८ करोड खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x