Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

२० बर्ष पुराना, ६२ सवारी साधन नियन्त्रणमा

२० बर्ष पुराना, ६२ सवारी साधन नियन्त्रणमा

काठमाडौं, २ चैत । २० वर्ष पुराना सवारी साधान विस्थापन गर्ने मन्त्रीपरिषद्को निर्णय अनुसार यातायात व्यवस्था विभागले संचालनमा कडाई गरेको छ । जसका लागि विहिवारदेखि यातायात व्यवस्था विभागले देशभरी अनुगमन गर्न थालेको छ ।

विभागले गरेको अनुगमनका क्रममा मेचीबाट १, जनकपुरबाट ६, नारायणीबाट १५, लुम्बीनीबाट १, गण्डकीबाट १३, भेरीबाट ४, र सेती अञ्चलबाट २२ गरी ६२ सवारी साधन नियन्त्रणमा लिएको छ । यी मध्ये मेचिबाट ट्याङ्कर, लुम्बीनीबाट जीप, सेतीबाट २२ ट्याम्पु र गण्डकी अञ्चलबाट २ पर्यटकीय गाडी यिन्त्रणमा लिएको र कोशी, सगरमाथा, धौलागीरी, महाकाली र बागमतीमा भने बिहिबार २० वर्ष पूराना एउटा पनि सवारी फेला परेनन । नियन्त्रणमा लिएको सवारी साधनहरु लिलामी प्रक्रियामा जाने विभागले जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x