Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

ओली सरकार २२ सदस्यिय, अझै पाएन सरकारले पूर्णता

ओली सरकार २२ सदस्यिय, अझै  पाएन सरकारले पूर्णता

काठमाडौं, ३ चैत । प्रधानमन्त्री केपी ओलीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषद्मा एमालेबाट ९ र माओवादी केन्द्रबाट ६ सहित १५ जना सहभागी गराउँदै प्रधानमन्त्री ओलीले शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

एमालेबाट ६ मन्त्री र ३ राज्यमन्त्री तथा माओवादीबाट ५ मन्त्री र १ राज्यमन्त्री बनेका छन् । तेस्रो विस्तारसँगै मन्त्रिपरिषद् २२ सदस्यीय पुगेको छ । नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग परामर्श गरेर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्मा पार्टीभित्रको आन्तरिक समीकरणलाई पनि सम्बोधन गर्ने प्रयास गरेका छन् ।

एमालेबाट सचिवद्वय प्रदीप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, केन्द्रीय सदस्य रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । त्यस्तै पोलिटब्युरो सदस्य जगत विश्वकर्मा युवा तथा खेलकुद, केन्द्रीय सदस्य शेरबहादुर तामाङ कानुन तथा न्याय र अर्का केन्द्रीय सदस्य रवीन्द्र अधिकारी पर्यटनमन्त्री बनेका हुन् ।

राज्यमन्त्रीहरूमा गोकुल बाँस्कोटाले सञ्चार, पद्मा अर्यालले स्वास्थ्य र धनबहादुर बुढाले पर्यटन मन्त्रालयको जिम्मा पाएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x