Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

काठमाडौं म्यारियट होटलको नयाँ रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा आउँदै

काठमाडौं म्यारियट  होटलको नयाँ रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा आउँदै

काठमाडौं, ३० चैत । काठमाडौं म्यारियट होटलले नयाँ पूर्वी मेडिटेरियन रेस्टुरेन्ट ‘ताहिना टेरेस’ सञ्चालनमा ल्याउने भएको छ । ताहिना टेरेस सार्वजनिक रूपमा अप्रिल १३ (चैत ३१ गते)देखि खुल्नेछ । दैनिक रूपमा भने साँझ ४ बजे देखि रातिको १० बजेसम्म खुल्ने बताइएको छ ।

उक्त रेस्टुरेन्टबाट काठमाडौं शहरको ३६० दृश्यको आनन्द लिन सकिने होटलले बताएको छ । काठमाडौँ शहरको पूर्ण सौन्दर्यता महसुस गर्न सकिने सो रेस्टुरेन्टबाट पहाडको सूर्यास्त अवलोकन गर्न सकिने बताइएको छ ।

पूर्वीय मेडिटेरियन स्नाक्स, सुन्दर ढंगले प्रस्तुत गरिएको मेज्जे प्लेटर र रमाइलो बार्बिक्यु र कबाब उक्त रेस्टुरेन्टको विशेषता रहेको होटलले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x